site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा ५८ र बझाङ–१ ‘क’मा ५० प्रतिशत मतदान : आयोग

काठमाडौं । उपनिर्वाचनअन्तर्गत देशका दुई क्षेत्रमा शनिबार शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान भएको हो ।

इलाम–२ मा करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

“...मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

बझाङको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ । “मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले मिति २०८१/१/१६ गते बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मतपेटिका गणनास्थलमा ल्याइसकेपछि मतगणना कार्य अघि बढाइने आयोगले जनाएको छ । “...मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro