site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुनै लोभलालच छैन, एकप्रकारको सन्त नै हुँ : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको बताएका छन् । शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका उनले देश, जनता र मावनकल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताएका हुन् ।

आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए । यस्तो अवस्थामा सम्पत्ति कमाउने कुनै लोभलालच नभएको उनको भनाइ थियो ।

आफू एकप्रकारको सन्त नै भएको ओलीले बताए । कोसी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आउँदो पुस्तालाई पनि यसबारे अवगत गराउनुपर्नेमा जोड दिए ।

यो वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro