खेल
काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो इनिङको पहिलो पावर प्लेमा नेपालले खराब सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरमा ४३ रन जोड्दा दुई विकेट गुमाएको हो ।
नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किए । हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल १५ र कुशल मल्ल चार रनमा खेलिरहेका छन् ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १४:४७
प्रतिक्रिया दिनुहोस्