site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहितको शतक
Tiktok banner adTiktok banner ad

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ४७ बलमा १० चौका र पाँच छक्कासहित १०० रन पूरा गरेका हुन् ।

जारी खेलको १७.२ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ र दीपेन्द्रसिंह ऐरीले २४ रन जोडे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro