काठमाडौं । सेलिब्रिटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ६ गते देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा हुने भएको छ । मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो ।
प्रत्येक वर्ष फरकफरक जिल्लाको ग्रामीण भेगमा आयोजना हुँदै आएको महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र कल्चरल सिनेमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
महोत्सवमा दुई दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरूसँग स्थानीय दर्शकले अन्तरक्रिया गर्नेछन् ।