site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जितुलाई लगातार चलचित्र, ‘कार्साङ’मा सहायक रोलमा कि मुख्य भूमिकामा ?

काठमाडौं । पछिल्लो समय जितु नेपाल चलचित्रमा व्यस्त छन् । दसैँमा जितु मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साब’ रिलिज भएको थियो । 

अब फेरि जितु अभिनीत अर्को चलचित्र रिलिजको तयारीमा छ । चलचित्र ‘कार्साङ’ रिलिजको तयारीमा छन् । यो चलचित्रको प्रचार सुरु भइसकेको छ । 

यो चलचित्रको निर्माणपक्षले सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर सार्वजनिक गरेको थियो । त्यसपछि निर्माणपक्षले जितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्रै निर्माणपक्षले जितु र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । 

लगातार जितु नेपाल फिचर्ड पोस्टर निर्माणपक्षले किन सार्वजनिक गरिरहेको छ ? मुख्य कलाकार दयाहाङ राई हुन् भने किन लगातार जितुका पोस्टर सार्वजनिक भएका हुन् ? 

निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । 

जितु पनि लगातार मुख्य भूमिकामा देखिन थालेकाले यो शंका गर्ने ठाउँ पनि रहेको छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । 

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुने निर्माणपक्षले जारीप् गरेको प्रेस नोटमा उल्लेख छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro