site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दश सहरमा सिनेमा साक्षरता अभियान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख दश सहरमा गर्न लागिएको अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान बिराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कलेजका प्राध्यापक रामराजा दाहालका अनुसार नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको हो । 

विशेष गरी प्लस टु सकेर ब्याचलर तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत् सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् । 

Global Ime bank

कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिँदै सुरु हुने दाहालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement