site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘द रेड सुटकेस’को टिजरमा किन देखिएनन् मुख्य पात्र ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएर तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको ‘द रेड सुटकेस’को टिजर आम चलचित्रभन्दा केही फरक देखियो । संवादबिनाको टिजरमा सिनेमाका मुख्य पात्र भनेर प्रचार गरिएका कलाकार कोही पनि छैनन् । एकजना कलाकार टिजरमा छन्, त्यो पनि मुख्य कलाकार भनेर यसअघि प्रचार गरिएका विपीन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ट कोही पनि छैन । 

निर्देशक फिडेल देबकोटाले सिनेमामा व्यक्तिभन्दा कथा महत्त्वपूर्ण हुने र कथा भन्ने तरिका आ–आफ्नै हुने बताएका छन् । टिजरमा कलाकारको अनुहारभन्दा कथालाई हाइलाइट गर्ने प्रयास गरेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक फिडेल देवकोटाले कथा र कथा भन्ने तरिका आफ्ना लागि महत्त्वपूर्ण भएको बताएका छन् । “राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन् । फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ । तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ,” उनले भने, “यस पछाडिका दृश्य सामग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ ।” 

निर्माता रामकृष्ण पोखरेल सिनेका केका लागि किन र कसरी बनाइयो भन्ने कुराले पनि अर्थ राख्ने बताउँछन् । नयाँ वर्षमा नयाँ टेस्टसहितको सिनेमा आउँदैछ भनेर सन्देश दिनु पनि आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ । 

Global Ime bank

“हामी सिनेमामा भिजुअलको एक्सपेरिमेन्टको कुरा गरिरहेका हुन्छौँ । त्यसैले यो सिनेमामा भिजुअलमा कस्तो काम भएको छ भनेर दर्शकलाई उत्साहित बनाउँ भन्ने हो,” उनले भने । 

फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात, विपीन र सृष्टिसँगै प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । 

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र चैत ३० गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement