site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई वर्ष जेल बसेर छुटेका थिए ढोलाहिटी घटनाका मुख्य आरोपित
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनी पपिना रेस्टुरेन्टका सञ्चालक हुन् ।

होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो ।

२८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईमाथि विजयले नै चक्कु प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट रेवाज र प्रजन घाइते भएका थिए । रेस्टुरेन्टमा सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए ।

घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro