site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेवाज र प्रजनमाथि रेस्टुरेन्टभित्र चक्कु प्रहार, सञ्चालकसँग विवाद हुँदा हत्या
घटनामा प्रयोग गरिएको चक्कु र मृतकको तस्बिर ।

काठमाडौं । ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईको हत्या आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । होली खेल्ने क्रममा उत्पन्न विवादका कारण चक्कु प्रहारबाट राईद्वयको हत्या गरिएको खुलेको छ ।

रेवाजको तिघ्रा र प्रजनको छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले थप सोधपुछ जारी राखेको छ ।

रेवाजको शव पाटन अस्पताल र प्रजनको शव सुमेरु अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले ज्यान गुमाएका व्यक्ति र आरोपित सबै एकापसमा चिनजानकै युवा रहेका बताए ।

Dabur Nepal
NIC Asia

उनले बाह्रखरीसित भने, “सबै साथीहरू नै रहेको खुलेको छ । रेस्टुरेन्टमा सँगै बसेर उनीहरूले मदिरा खाएको देखिन्छ । पछि रेस्टुरेन्टमै विवाद हुँदा दुईजनामाथि चक्कु प्रहार भएको हो ।”

युवा र रेस्टुरेन्ट सञ्चालकका दुई समूहबीच झडप भएको हो । चक्कु प्रहारलगत्तै केही युवक फरार भएका थिए । सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पुर्‍याएको खुलेको छ । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए ।

घटना विजय राईको पपिना रेस्टुरेन्टमा भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको छ । उनीबाहेक थप १७ जनालाई प्रहरी वृत्त चापागाउँको टोलीले नियन्त्रणमा लिएको हो ।

मदिरा सेवन गर्न रेस्टुरेन्ट पुगेका युवा र सञ्चालकबीच विवाद हुँदा घटना भएको प्रहरी स्रोतको भनाइ छ ।

चक्कु प्रहार गर्ने विजय राई नै रहेको प्रहरीको दाबी छ । उनीहरूबीच पुरानो केही रिसइबी पनि देखिएको छ ।

प्रहरीका अनुसार, आइतबार राति ९ बजेतिर घटना घटेको थियो । घाइतेलाई राति करिब ११ बजे मात्र अस्पताल पुर्‍याइएको थियो । घटना शंकास्पद देखिएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

त्यसलगत्तै ललितपुर प्रहरीका एसएसपी खनाल समेत घटनास्थलमा पुगेका थिए । घटनामा चक्कु प्रहार गर्ने र अरू व्यक्तिको भूमिकाबारे अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro