site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
जीवनको ‘अनित्य’ बुझाउँदै आठ अन्तर्राष्ट्रिय कलाकार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न देशका आठ कलाकारले नेपालमा कलामार्फत् ‘अनित्य’ शब्दको सार बुझाउने कला प्रदर्शनी गरिरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित एक साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गर्ने कला प्रदर्शनी गरिरहेका हुन् । 

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट रहेको प्रदर्शनी हिजोबाट सुरु भएर चैत १७ गतेसम्म चल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

 प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र समावेश छन् । विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका थिए ।  

 प्रियजनको मृत्यु, ऋतुहरूमा परिवर्तन, छिनछिनमै बदलिइरहने आफ्नै मनस्थिति, विश्वब्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया विम्व हुन् । प्रदर्शनीले यिनै विषयमा जीवन र जगतको जटिलतालाई सरल अभिव्यक्तिमा बताउने प्रयास गरिरहेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

Global Ime bank

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित रहेको बताइन् ।

फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement