site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
यस्तो छ ‘रेड सुटकेस’को सस्पेन्स टिजर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत् सिनेमाको टिजर सार्वजनिक गरेको हो । 

टिजरमा एक व्यक्ति घरबाट सुटकेस लिएर निस्किन्छ । सुटकेस सडक र पानीमा घिसार्दै गरेको पात्र खोलेको सुटकेस बन्द गर्छ । टिजरमा बाँकी केही पनि देखिँदैन, सस्पेन्समै टिजर सकिन्छ । 

फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र चैत ३० गते रिलिज हुँदै छ । 

भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । 

Global Ime bank

यसले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेस गर्छ । ड्राइभरको यात्रासँगै नेपालको आर्थिक, राजनीतिक अवस्था चित्रित गर्छ । 

सिनेमामा सौगाल मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । यो सिनेमा यसअघि स्वीट्जरल्यान्डको जुरिच सिनेमा महोत्सवमा समेत प्रिमियर भएको छ । फिडेल देवकोटा निर्देशित सिनेमालाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो । 

सुशन प्रजापतिको छायांकन रहेको सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement