कला
काठमाडौं । अभिनेता पुष्पल खड्का चलचित्र ‘सिड्नी ब्लुज’मा अनुबन्ध भएका थिए । प्रि–प्रोडक्सनमा रहेको चलचित्रमा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर ठकुरीलगायतको प्रमुख भूमिका रहनेछ ।
शंकर कार्कीले यही चलचित्रमार्फत् निर्देशनमा डेब्यु गर्दैछन् । यो चलचित्रले स्वदेशको सम्भावनालाई नकार्दै विदेशमा जीवन बिताउने युवाको कथा उठान गर्नेछ ।
सिनेमाको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १०:५३
प्रतिक्रिया दिनुहोस्