site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा

काठमाडौं । सात गोलको रोमाञ्चक खेलमा लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिने, एन्टोनी, मार्कुस रासफोर्ड र एमाद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, मोहमद सालाह र हार्भी एलिओटले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

Dabur Nepal
NIC Asia

१०औँ मिनेटमा म्याकटोमिनेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा एलिस्टरले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा सालाहले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता बनाएको थियो । तर, निर्धारित समयको अन्तिम तीन मिनेट लिभरपुल सम्हालिन सकेन ।

८७औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०५औँ मिनेटमा एलिओटको गोलमा लिभरपुलले पुनः ३–२ को अग्रता बनायो । लिभरपुलको यो अग्रता लामो समय भने टिकेन ।

११२औँ मिनेटमा रासफोर्ड गोल गर्दै घरेलु टिमलाई पुनः खेलमा फर्काए । इन्ज्युरी समयमा डियालोले निर्णायक गोल गरेपछि युनाइटेडले ४–३ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्णायक गोलपछि जर्सी खोलेर खुसियाली मनाउँदा डियागो दोहोरो पहेँलो कार्डसहित रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए । उनले ११६औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

चेल्सी ४–२ लेस्टर सिटी
आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई ४–२ ले हराउँदै चेल्सीले पनि प्रतियोगिताको अन्तिम–४ मा स्थान बनाएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा अब युनाइटेडले फाइनल प्रवेशका निम्ति काभेन्ट्रीविरुद्ध र चेल्सीले म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल आउँदो अप्रिल २० मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro