site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
करफोकमा गुञ्जियो नेपथ्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलामको करफोकमा नेपथ्यले कन्सर्ट गरेको छ । तोकिएको समय अर्थात् बेलुकीको ठीक ६ बजे कन्सर्ट सुरुभएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोसीको पानी यो जिन्दगानी’बाट कन्सर्ट सुरु गरेका थिए ।  

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरे, ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आह्वान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कन्सर्टमा सँधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतलगायत भर्खरै रिलिज भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  पनि प्रस्तुत गरिएको थियो ।  

इलामको गढीथुम्कामा निर्माणाधीन न्यूपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुति थियो ।

Global Ime bank

“कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,” आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, “यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुसी लागेको छ ।”

कन्सर्टमा अमृतले ‘रेशम’, ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्यले यसै महिनाको अन्त्यमा आफूलाई फेरि इलामकै छेउमा उभ्याउने नेपथ्यको प्रेस नोटमा उल्लेख छ । नयाँ वर्षको अघिल्लो रात ब्यान्ड फेरि बिर्तामोडमा प्रस्तुत हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement