काठमाडौं । नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण आयोजना हुने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी सिनेमामा चैत ७ देखि १० गतेसम्म महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको ओपनिङ सिनेमाका रूपमा मार्टिन म्याकडोनाग निर्देशित ‘द ब्यानसिस अफ इनिसेरिन’ देखाइने आयोजकले जनाएको छ ।
हरेक दिन एउटा नेपाली र अर्को युरोपियन गरी दुईवटा सिनेमा देखाइने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
महोत्सवका लागि नेपाली सर्ट फिल्म छनोट गर्न प्रतिस्पर्धा आह्वान गरिएको थियो । जसका लागि १० नेपाली सर्ट फिल्म छनोट भएका थिए ।
महोत्सवमा नौ युरोपेली र ११ नेपाली फिल्म स्क्रिनिङ हुनेछन् ।
महोत्सव सुदूरपश्चिम, नेपालगञ्ज, कर्णाली मा पनि हुनेछ ।
‘फिल्म क्रिटिक्स कम्पिटिसन’ पनि हुने भएको छ । प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा र समालोचनालाई ‘फिल्म क्रिटिक्स अवार्ड’ प्रदान गरिनेछ । यस प्रतिस्पर्धाका विजेता पनि यही वर्ष ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने आयोजकले जनाएको छ ।