site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सिर्जना र संवाद’मा जोशी र निरोलाका कृतिमाथि चर्चा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिर्जना अभियान समाज, भक्तपुरको आयोजनामा सम्पन्न ‘सिर्जना र संवाद’ कार्यक्रममा स्रष्टाहरू ध्रुव जोशी तथा शरद निरोलाले आफ्नो साहित्यिक कृति र लेखनबारे अभिव्यक्ति दिए ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा कविताकृति ‘अनुभूतिका महक’ प्रकाशनमा ल्याइसकेका ध्रुव जोशीले आफूले बिसको दशकदेखि नै साहित्यिक रचना गर्न थालेको उल्लेख गर्दै पछिल्लो समय आफूले कविता लेखेर कृति प्रकाशनमा ल्याएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको कविताकृतिमा नेपाली, हिन्दी र उर्दूका कविताहरू संगृहित छन् । उनले आठ दशकको यो उमेरमा आफू कविताको चौतारीमा भर्खर मात्र आइपुगेको बताए ।

सर्लाहीको मलंगवाका जोशीले मलंगवा शीर्षकको हिन्दी कविता पनि वाचन गरेर सुनाए ।

Global Ime bank

त्यस्तै, अर्का स्रष्टा शरद निरोलाले २० को दसकदेखि जासुसी उपन्यास लेख्न थालेको प्रसंग सुनाउँदै पछि कविता र हालैका वर्षमा नियात्रा लेखनमा रस बसेको उल्लेख गरे । त्यसैकै परिणतिस्वरूप ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्राकृति प्रकाशित भएको उनले बताए ।

निरोलाका सात जासुसी उपन्यास, एक कविताकृति र एक नियात्रा प्रकाशित छ । विगत ३० वर्षदेखि अमेरिका बस्दै आएका निरोलाले अमेरिकाका विभिन्न ठाउँहरू घुमेपछि नियात्रा लेखनले तानेको बताए ।

कार्यक्रममा ईश्वर बुढाथोकी र उत्तम मल्लले दुवै स्रष्टाका कृतिहरूबारेमा बोलेका थिए भने ध्रुव मधिकर्मी र मञ्जु हाडा निरौलाले कृतिकारबारे चर्चा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement