site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले अनिर्णीत हुँदा सुदूरपश्चिममा विश्वासको मत लिने तयारी अन्योल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी अन्योलमा परेको छ । मुख्यमन्त्री बनाउने बेलामा हस्ताक्षर गरेको नेकपा (एमाले) अनिर्णीत हुँदा विश्वासको मत लिन आज बस्ने बैठक स्थगित हुने सम्भावना बढेको नेताहरू बताउँछन् ।  

प्रदेशसभाको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । बिहान बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक समेत अन्योलतका कारण बस्न सकेन । 

एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले एमालेका कारण अन्योल भएको बताए । “विश्वासको मत लिने कुरा अन्योल नै भएको छ । एमाले अनिर्णीत बन्दा अन्योल भएको हो,” उनले भने, “केन्द्रमा शीर्ष नेताहरूबीच छलफल हुँदै छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने तय होला ।” 

एमालेका एक सांसदले सत्तारुढ दलबीच छलफल नै नभएकाले विश्वासको मतबारे निर्णय नभएको बताए । “सत्तारुढ दलबीच छलफल पनि भएको छैन । बझाङ–१ को ‘क’ मा निर्वाचित हुनुभएका दमन भण्डारीजी पनि आज उपस्थित हुन नसक्ने हुनुभयो,” ती सांसदले भने, “विश्वासको मतबारे पछि छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । आज बैठक नबस्ला ।”    

माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने एमालेले कुरा फेरेको आरोप लगाए । बिहीबारको बैठकमा विश्वासको मतका विषयमा सहमत भएको एमालेले अहिले अर्को कुरा गरेको उनको भनाइ छ । “हिजो दिउँसो बैठक बस्दा विश्वासको मतको विषयमा सहमति थियो । तर, आज उहाँहरूले कुरा फेर्दा अनिश्चित बनेको छ,” धामीले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भएको भेटबाटै एमाले र माओवादीका सांसदलाई विश्वासको मत दिन निर्देशन दिएका थिए । तर, एमालेका नेताहरूले अपराह्न ४ बजेबाट कुरा फेरेको आरोप माओवादीको छ । 

प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सातमध्ये अध्यक्ष रञ्जीता चौधरी पक्षका दुई सांसद भने विश्वासको मत दिने पक्षमा छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro