site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अर्काको नागरिकताबाट बैंक खाता खोलेर ठगी धन्दा, दुईजना पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै एक सयभन्दा बढी व्यक्तिबाट दुई करोड ६८ लाख रुपैयाँ ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसीका नारायण राई बताउने राजन श्रेष्ठ र झापाको गौराहदका पर्वराज पाण्डे भन्ने इश्वरी पाण्डे पक्राउ परेका छन् ।

राजनले सञ्चालन गरेको नियोनी एजुकेसन कन्सलटेन्सीमार्फत् विद्यार्थी तथा वर्किङ भिसामा जापान पठाउने भन्दै प्रतिव्यक्ति चार लाखदेखि सात लाख रुपैयाँसम्म उठाएको खुलेको छ । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका इश्वरीले पर्वराजको नागरिकता दुरुपयोग गरेर बैंक खाता खोलेको खुलेको छ ।

त्यस्तै, नारायणको नागरिकता समेत राजनले दुरुपयोग गरेर खाता खोलेको खुलेको छ । पीडितलाई सोही बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । उनीहरूलाई कार्यालयका डीएसपी गोविन्द पन्थी र प्रहरी निरीक्षक निर्मल थापा नेतृत्वको टोलीले विशेष अनुसन्धानपछि पक्राउ गरेको हो । नारायणको हराएको नागरिकता फेला पारेर राजनले बैंक खाता खोलेको खुलेको छ ।

उनीहरूले लामो समयदेखि ठगी गर्ने उदेश्यले नै अर्काको नागरिकता दुरुपयोग गरेर खाता खोलेको देखिएको छ । पक्राउ परेकालाई शुक्रबार कार्यालयले सार्वजनिक गरेको छ । उनीहरूमाथि थप अनुसन्धान हुने कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro