site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बीडी त्यागी स्मृति दिवसमा साहित्यकारहरू सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यकार बीडी त्यागीको २१औं स्मृति दिवसको अवसर पारेर बीडी त्यागी स्मृति केन्द्रले विभिन्न साहित्यकारहरूलाई सम्मानित गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रम प्रा.डा. हेमनाथ पौडेललाई ‘बीडी त्यागी स्मृति सम्मान २०८१’, डा. विदुर चालिसेलाई ‘बीडी त्यागी विशिष्ट सम्मान २०८१’, साहित्यकार वियोगी बुढाथोकीलाई ‘बीडी त्यागी स्मृति पुरस्कार २०८१’ र बिसुकुमार केसीलाई ‘बीडी त्यागी प्रतिभा सम्मान २०८१’ प्रदान गरियो । 

केन्द्रले कमलाश्री थापालाई ‘बीडी त्यागी योगदान सम्मान २०८१’ प्रदान गरियो । कार्यक्रममा विभिन्न साहित्यकारहरूले मन्तव्य दिएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्