site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साहित्यकार डा. विमल, रंगकर्मी शर्मा तथा रेडियोकर्मी घिमिरे पुरस्कृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले विभिन्न क्षेत्रका तीन स्रष्टालाई पुरस्कृत गरेको छ । मन्दिरले अग्रज साहित्यकार डा. राजेन्द्र विमल, अग्रज नाट्यकर्मी हरिहर शर्मा तथा रेडियोकर्मी अच्युत घिमिरेलाई पुरस्कृत गरेको हो । 

बुधबार कालिकास्थानस्थित सर्वनाममा आयोजित विशेष समारोहमा मन्दिरले रंगकर्मी शर्मालाई ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ प्रदान गर्यो भने साहित्यकार डा. विमललाई ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ प्रदान गर्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही अवसरमा रेडियोकर्मी घिमिरेलाई ‘रामगीता प्रोत्साहन पुरस्कार’ प्रदान गरियो । डा. विमललाई उनको कृति ‘सरबरिया टोल’का लागि उक्त पुरस्कार प्रदान गरिएको मन्दिरले जनाएको छ । पुरस्कारका साथ क्रमशः ५०÷५० हजार र प्रोत्साहन पुरस्कारका लागि २५ हजार नगद राशि प्रदान गरियो । 

कार्यक्रममा पुरस्कारका संस्थापकहरू गीता खत्री, राम खत्री, प्रमुख अतिथि यादव खरेल, अशेष मल्ल, डा. सावित्री कक्षपती, प्रतीक ढकाललगायतले स्रष्टाहरूलाई पुरस्कार समर्पण गरे । 

Global Ime bank

प्रमुख अतिथि यादव खरेलले यो पुरस्कार परम्परागत रूपमाभन्दा फरक किसिमको रहेकोमा प्रशंसा गरे । 

उक्त अवसरमा नाट्यकर्मी हरिहर शर्मा, अच्युत घिमिरे, अशेष मल्ल, सावित्री कक्षपती, प्रतीक ढकाल, गीता खत्रीलगायतले पुरस्कारबारे आफ्नो धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय