site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी 
निराजन गिरी (दायाँ) र केएल बुढाथोकी (बायाँ) ।

काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बोर्डका कर्मचारी निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।

मंगलबार बिहान बोर्ड बैठकमा ‘अनधिकृत रूपमा प्रवेश’ गरेका गिरीले आफू ‘गुन्डा’ भएको भन्दै भौतिक आक्रमण गर्ने आशयसहित धम्क्याएको बुढाथोकीको उजुरीमा उल्लेख छ । गिरीमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

उनले आफ्नो जीवन सुरक्षाका निम्ति पहल गरिदिन पनि आग्रह गरेका छन् ।

बैठक बसिरहेकै बेला गिरीले बोर्डको गरिमा र प्रतिष्ठाको बेवास्ता गर्दै गुन्डागर्दी व्यवहार प्रदर्शन गर्दा अध्यक्ष, सदस्यसचिव र सदस्यहरूले कुनै प्रतिवाद नगरेको उनको भनाइ छ । त्यसपछि अपमानित र असुरक्षित महसुस गर्दै बोर्ड बैठकबाट बाहिरिएका बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।

प्रवक्ता बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि सोही उजुरी दर्ता गराएका छन् । “बोर्डमा बेथिति अति भयो । बोर्ड बैठकमा अनधिकृत रूपमा प्रवेश गरेर बोर्ड सदस्यलाई नै धम्क्याउने काम भयो,” उनले भने, “यसका लागि म उजुरी गर्न बाध्य भएँ ।”

गिरीले भने आफू बोर्ड बैठकमै नगएको जिकिर गरेका छन् । “म बोर्ड बैठकमै गएको छैन । कसरी यस्तो आरोप लाग्यो मलाई थाहा छैन,” उनले भने, “यसबारे मलाई केही थाहा छैन ।”

afdg-1709636586.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro