site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मोहर’को नयाँ पोस्टरमा नीति र वेनिशाको अंगालोमा पल

काठमाडौं । चलचित्र ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको पोष्टरले पल शाह दोहोरो भूमिकामा रहेको संकेत गरेको छ । 

पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । सोही पोस्टरमा छोटो कपालमा देखिएका पल नायिका नीति शाहको अंगालोमा छन् । 

Argakhachi Cement Island Ad

यसले पल दोहोरो भूमिकामा रहेको संकेत गरेको छ । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । ‘मोहर’ साउन २३ गतेबाट प्रदर्शन हुँदै छ । 

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको चलचित्रमा पल, वेनिशा र नीतिसँगै अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ । 

दीपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्