कला

काठमाडौं । सविन श्रेष्ठ चलचित्र ‘कश्यप’मा अनुबन्धित भएका छन् । सविनलाई लिएर निर्माण हुन लागेको चलचित्रको थिम पोष्टरमा उनी एंग्री योङ म्यानको रूपमा देखिएका छन् ।
हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका छन् । सविनको पात्र यो चलचित्रमा हिरो हो अथवा भिलेन भन्ने निर्माणपक्षले खुलाएको छैन ।
एक्सन, थ्रिलर लभस्टोरी जानरामा निर्माण हुने चलचित्रलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
अन्य कलाकार र चलचित्रबारे थप जानकारी चाँडै दिने निर्देशक खड्काले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्