काठमाडौं । नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तरखण्डको रामनगर (नैनीताल)मा गरी दुई मञ्चन भएको छ ।
प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘क्लेशाः’ २५ औं भारत रंग महोत्सवमा मञ्चन भएको हो ।
भारत रंग महोत्सवमा यस वर्ष भारतीय नाटकबाहेक तीनवटा विदेशी नाटक छनोट हुँदा करमन कलाको प्रस्तुति नेपाली नाटक ‘क्लेशाः’ले छनोट भएको थियो ।
क्लेशाःका पाँच तत्वहरू अज्ञानता, अहंकार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा छ ।
नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र सरस्वती अधिकारीको अभिनय थियो ।