देश
काठमाडौं । ढकाल समाज २०५१ को अध्यक्षमा साहित्यकार/समालोचक बद्रीप्रसाद ढकाल सर्वसम्मतिबाट निर्वाचित भएका छन् । समाजको हालैको साधारणसभाबाट ढकाल आउँदो चार वर्षका निम्ति अध्यक्ष चुनिएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा रम्भा शर्मा ढकाल, महासचिवमा ज्ञानहरि ढकाल, कोषाध्यक्षमा रामेश्वर ढकालसहित राजेन्द्र ढकाल, एकनारायण ढकाल, शिव ढकाल, हेम शर्मा ढकाल, राकेश ढकाल पनि निर्वाचित भएका छन् ।
प्रा. डा. अञ्जनीकुमार शर्मा ढकालको परिकल्पनामा २०५१ मा दर्ता भएको समाजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्