site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संसार कसको ?
Sarbottam CementSarbottam Cement

सृष्टिको प्रारम्भदेखि
ब्रह्माण्डमा अहिलेसम्म
के–के जन्मिए होलान्
अनि, लोप पनि भए होलान्
आखिर संसार कसको ?

समयक्रममा
धनवान्, जनवान्, बलवान्
प्रचण्ड प्रतापी भूपतिदेखि
कीटपतंगहरूको पनि
उपस्थिति रह्यो होला
सामर्थ्यवान।हरूकै इतिहास लेखियो
होला
पढी, वाची सुन्ने
काम र क्रम पनि चलिआयो होला
तर, संसार कसको ?

Prabhu Bank
Agni Group
NIC Asia

इतिहासवेत्ताहरूका कलमले
शासक र सामर्थ्यवान्हरूका
चुरीफुरीलाई मात्रै लिपिबद्ध गरे पनि
लिपिबद्ध हुनु नपर्नेहरूको सूचीमा राखे पनि
लिपिबद्ध हुन अयोग्य ठानिएका
कीटपतंग, 
निम्छराहरूको पनि
अस्तित्व त होला नि ?

सृष्टिको प्रारम्भदेखि
अहिलेसम्म ब्रह्माण्डमा
विजेताहरू भए होलान्
उपविजेताहरू पनि भए होलान्
दुनियाँ विजयोत्सव मनाउन
व्यस्त र मस्त रहिरहेको 
यस घडीमा
सोध्न मन लागेको छ–
उपविजेताहरूको पनि अस्तित्व 
हुन्छ कि हुँदैन ?

Global Ime bank

हिजो अस्तित्वमा रहेकाहरू
आज लोप भएको पनि इतिहास होला
आज प्रचण्ड प्रतापी रहेको
जाज्वल्यमान सूर्य
भरे बेलुका अस्ताउनुपर्छ कि पर्दैन होला ?
अनि,
अहम्, घमण्ड, व्यभिचार,
दुराचार, अनाचारका घडा
किन स्थापना गरिँदै छन् त ?

आखिर
सृष्टिसँगै विनाश
जन्मसँगै मृत्यु
अवश्यम्भावी छ भने
आखिर संसार कसको ?
यो विश्वब्रह्माण्ड कसको ?
(दिङ्ला, भोजपुर)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC