site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान थालेको सीआईबी दोस्रो चरणमा प्रवेश, आरोपी पर्न थाले पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकास्पद यातायात व्यवस्था विभागका कर्मचारीलाई पक्राउ गर्न थालेको छ ।

नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका हुन् । 

नक्कली लाइसेन्स प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

Dabur Nepal
NIC Asia

उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि सीआईबीले जिल्ला अदालत काठमाडौं लगेको छ । यातायात व्यवस्था विभागकै कर्मचारीको मिलेमतोमा  एकलाख भन्दा बढी लाइसेन्स गैरकानुनी तरिकाले वितरण गरेको खुलेको थियो ।

शंकास्पद नक्कली लाइसेन्स : कहाँबाट कति बाँडिए ? (विवरणसहित)

लाइसेन्स वितरणमा अनियमितताको उजुरी परेपछि यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबिन समिति नै बनाएको थियो ।  सोही समितिको प्रतिवेदन पछि यातायात मन्त्रालयले सीआईबीलाई तीन महिनाअघि नै अनुसन्धान गर्न पत्रचार गरेको थियो ।

६ किसिमका शंकास्पद लाइसेन्स : जुनसुकै बेला प्रहरीले समात्न सक्छ !

सोही पत्राचारपछि अनुसन्धान थालेको सीआर्ईबीले पहिलो चरणमा विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्टलाई पक्राउ गरेको हो ।  सीआईबी स्रोतले अब लाइसेन्स अनियमितता प्रकरणमा जोडिएका कर्मचारीलाई पक्राउ गर्ने प्रक्रिया थालिएको जनाएको छ ।

‘नक्कली लाइसेन्स प्रकरण’मा मुछिएका पूर्वमहानिर्देशक अहिले कुन भूमिकामा छन् ?

“अब अनियमितता प्रकरणको हाम्रो दोस्रो अभियान पक्राउ गर्न अपरेशन चलाएका हौं । उनीहरुबाहेक पनि अन्य पक्राउ गुर्न पर्ने यातायातकै कर्मचारीदेखि विचौलियाहरु पनि लिस्टमा छन्,” सीआईबी स्रोतले भने । 

कुन महानिर्देशकले कति बाँडे लाइसेन्स, ८ लाख अझै नक्कली रहेको आशंका

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro