site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल सरकार ‘आगलागी झुपडी डेढघडी भद्रा’को मुद्रामा देखिने गरेको छ । बर्सेनि देशका सबै भेगमा आगलागीबाट ठूलो जनधनको क्षति हुने गरे पनि सरकारले भने  गम्भीरतापूर्वक लिनेगरेको छैन । सरकारी अधिकारीहरू पीडितलाई आकस्मिक सहायता दिएपछि  राज्यको दायित्व सकिने मानसिकतामा देखिन्छन् । 

गाउँघरमा अझै कतिपय घरमा  फुसको छाना हुन्छ । वनमा अग्नि नियन्त्रण रेखा प्रायः बनाइएकै छैन भने बनाइएकाको पनि नियमित रेखदेख नगर्नै प्रवृत्ति छ । सरकारका स्थानीय निकायसँग भएका दमकलहरूको नियमित मर्मत सम्भार हुँदैन । यी सबै कारणले आगलागी नेपालीका नियमित नियति बन्न पुगेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

क्षति कमबेसी होला तर बर्सेनि आगलागी त हुन्छ । अधिकांश आगलागी मानवीय असावधानी, हेलचेक्य्राइँ र बदनियतका कारणले हुने गर्छ । केही वर्षयता वनमा लागेको डँडेलो बस्तीमा पुगेर ठूलै क्षति पुर्‍याउने गरेको छ । यसैले आगलागीका घटना नियन्त्रण गर्न सबैभन्दा पहिले जनचेतना जगाउनु जरुरी हुन्छ ।

सामुदायिक वनको संरक्षणमा नेपालले पाएको सफलता विश्वमै उदाहरणीय मानिएको छ । यसको मूल श्रेय स्थानीय जनता र विशेषगरी वन उपभोक्ता समितिलाई जान्छ । यसैले तिनलाई उत्प्रेरित गर्न सके डँडेलो नियन्त्रणमा सफलता हासिल हुनसक्छ । सम्बन्धित वनमा डँडेलो लाग्न नदिने समितिलाई पुरस्कृत गर्नु एउटा यस्तै उपाय हुनेछ ।

Global Ime bank

यसैगरी वनमा अग्नि नियन्त्रण रेखा बनाउने र नियमितरूपमा त्यसको रेखदेख डँडेलो फैलन रोक्ने अर्को प्रभावकारी उपाय हो ।  देशका साना ठूला सबै वनमा यस्तो रेखा निर्माण गर्न राज्यले प्राथमिकता दिनुपर्छ । यसमा सामुदायिक वनमा सम्बन्धित उपभोक्ता समिति र राष्ट्रिय वनमा प्रदेश सरकारले अग्रसरता लिनु जरुरी हुन्छ ।

आगलागीबाट जनधनको क्षति कम गर्ने उपाय मुख्य उपाय भने व्यक्तिका घरहरूमा कम्तीमा पक्की छाना हाल्नु हो । स्थानीय तह र प्रदेश सरकारहरूले आआफ्ना प्रदेशका सबै घरमा पक्की छानो हाल्न सघाउने हो भने आगलागीबाट हुने क्षति नियन्त्रण गर्न धेरै सजिलो हुनेछ । यसका लागि मूलतः राजनीतिक अठोटको  मात्र बढी खाँचो छ । दुर्भाग्य, नेपालको राजनीतिक नेतृत्वमा यसैको अनिकाल छ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय