site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतार आफैँ अप्ठेरोमा परेको बेला विपिनको होला त रिहाइ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हालै नेपाल भ्रमणमा आएका कतारका अमिर तमिम बिन अल थानीलाई नेपालको उच्च तहबाट हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको थियो । उनले सकारात्मक जवाफ पनि दिएको बताइएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विपिन रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको थियो ।  तर, गाजा घटनामा कतारले गरिरहेको मध्यस्थता अहिले उसका लागि टाउको दुखाइको विषय भइरहेकोले विपिनको प्रसंगमा कडा दबाब दिने अवस्थामा कतार नरहेको पाइएको छ ।

किनकि उसले अहिले दबाब भन्ने शब्द नै सुन्न नचाहेको जनाएको छ ।  बीबीसीले बनाएकोे एउटा रिपोर्टमा मध्यस्थतामा कतारलाई कसरी अप्ठेरो परिरहेको छ भन्ने बारेमा लामो चिरफार गरिएको छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

हमास र इजरायलकाबीच संघर्ष बिरामको लागि सुस्त रुपमा वार्ता भइरहेको बेलामा पश्चिमी र अरब मिडियामा हमासले आफ्नो दोहास्थित राजनीतिक कार्यालय कतारबाट बाहिर लग्न खोजिरहेको चर्चा भइरहेको छ ।  

के कतार आफनो देशबाट हमासको कार्यालय बन्द गराउन चाहन्छ ? यद्यपि कतार र हमास दुवैले यो कुरा अस्वीकार गरिरहेका छन् । 

Global Ime bank

तर, यो कुरा सत्य हो कि केही कुरालाई लिएर कतारले दबाब महसुस गरिरहेको छ ।  यसैले हमास र इजरायलबीच मध्यस्थताको भूमिका खेल्नका लागि कतारले विचार विमर्श गरिरहेको जनाइएको छ । 

तर, सवाल यो आइरहेको छ कि यस्तो किन गर्न चाहन्छ ? उसको असन्तुष्टिको कारण के हो ? के इजरायल र हमासबीच मध्यस्थता गर्नबाट कतार पछि हट्ने सम्भावना रहेको छ । अनि के उसले हमासको राजनीतिक कार्यालय बन्द गर्न चाहन्छ ?

कतारमा हमास हुनुमा अमेरिकी हात ?

कतारमा २०१२ मा हमासको राजनीतिक कार्यालय खुलेको हो ।  सो समयमा सिरियाका राष्ट्रपति बशर अल असदको विरुद्ध युद्ध घोषणा गर्ने सिरियाको विपक्षीलाई समर्थन गर्ने राजनीतिक ब्यूरोका प्रमुख खालिद मेशाल कतार गएका थिए । 

२०१७ मा खालिद मेशालको स्थानमा राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया अहिले पनि कतारमा बसिरहेका छन् ।  कैयौँ अमेरिकी र कतारी अधिकारीहरुका अनुसार अमेरिकाको अनुरोधमा कतारले हमासलाई आफ्नो देशमा पाहुना बनाइरहेको छ । 

यसो गरेर अमेरिका इजरायल र हमासबीच वार्ताका लागि एउटा अनौपचारिक लाइन खोलेर राख्न चाहन्छ । इश्लामी समूहको बारेमा शोध गर्ने विज्ञ हसन अबु हानियाका अनुसार अमेरिकाको अनुरोधमा नै कतारमा हमासको कार्यालय खोलिएको हो । 

यसअघि अमेरिकाले भनेकै आधारमा कतारले अफगान सरकार र तालिवानबीच मध्यस्थता गरेको थियो ।  ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेकोमा त्यसपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । 

यो युद्धको क्रममा कतारले दुवै पक्षबीच वार्ताका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।  नोभेम्बरमा नै कतारको मध्यस्थतामा दुई पक्षबीच एक हप्ताको युद्धविराम भएको थियो । 

यो अवधिमा हमासले ८१ जना इजरायली बन्धकलाई रिहाइ गरेको थियो । बदलामा इजरायलले २८० जना प्यालेस्टाइन बन्दीलाई रिहा गरेको थियो ।  यद्यपि पूर्णरुपमा संघर्ष विराम नभएकोले कतारको मध्यस्थताको अमेरिका र इजरायलले आलोचना समेत गरेका थिए । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले त कतारले हमासलाई फन्ड दिइरहेकोसम्मको आरोप लगाए ।  यसबाहेक गत जनवरीमा इजरायली बन्धकको रिहा गर्नका लागि हमासलाई दबाब दिन आग्रह गरेको थियो  । 

कतारका विदेशमन्त्रीले सो समयमा इजरायलको भनाइलाई अपमानजनक बताएका थिए ।  उनले इजरायललाई लामो समय सम्म युद्ध लम्ब्याउन चाहेको समेत आरोप लगाएका थिए ।  उनले कतार मध्यस्थताको लागि गरेको प्रयासमा प्रतिबद्ध रहेको जनाएका थिए । 

पछिल्लो हप्ता अमेरिकामा रहेको कतारी दूतावासले डेमोक्रेटिक सांसद स्टेनी होयरको भनाइलाई लिएर बेखुसी जनाएको थियो ।  आफ्नो भनाइमा अमेरिकी सांसदले यदि कतार हमासमाथि दबाब दिन सक्दैन तथा उसलाई फन्डिङ्ग र आतिथ्यता बन्द गर्ने बारेमा चेतावनी दिन सक्दैन भने अमेरिकाले कतारसँगको सम्बन्धलाई लिएर पुनर्विचार गर्नुपर्छ । 

मिडिया रिपोर्टमा एक अमेरिकी अधिकारीको हवाला दिँदै जनाइएअनुसार अमेरिकी राष्ट्रपति जो वाइडेनले  कतार र इजिप्टका नेतालाई इजरायली बन्धक रिहाको लागि हमासमाथि दबाब बढाउन भनेका थिए । 

हमास र इजरायलबीचको मध्यस्थतालाई लिएर आफूमाथि भएको आलोचनालाई कतारले दुःख व्यक्त गर्दै आएको छ ।  १७ अप्रिलका दिन कतारका  प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आफ्नो देशले गाजा संकटको मध्यस्थताको मुल्यांकन गरिरहेको जनाएका थिए । 

२३ अप्रिलमा भएको एक पत्रकार सम्मेलनमा कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले पनि सोही कुरा जनाएका थिए ।  उनले मध्यस्थतामा सबैपक्षसँग मिलेर काम गर्ने हो कसैलाई दबाब दिने नभएको बताएका थिए ।

के कतारले हमासको कार्यालय बन्द गर्दैछ ?

गएको शनिबार अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले अरब अधिकारीको हवाला दिँदै हमासको राजनीतिक कार्यालय सार्ने बारेमा सो समूहको टोलीले सोच बनाइरहेको जनाएको थियो  । रिपोर्टमा हमासले दुई देशलाई सम्पर्क गरेको भन्दै त्यसमा एउटा ओमान पनि भएको जनाएको थियो । ओमानले हमासलाई आफ्नो कार्यालय खोल्न दिएर हमासका नेतालाई आतिथ्यता दिन्छ कि दिँदैन त्यो हेर्न बाँकी नै छ । 

कतारको विदेश मन्त्रालयका प्रवक्ताले भने सो रिपोर्टको सम्बन्धमा कतारको मध्यस्थताले जबसम्म हमासलाई फाइदा हुन्छ तबसम्म बस्ने जनाएका छन् । उनले हमासले आफ्नो कार्यालय कतारबाट अन्यत्र लैजान सक्ने कुरामा भने पूर्णरुपमा अस्वीकार गर्न सकेनन् ।

ओमानबाहेक हमाससँग सम्बन्ध रहेको टर्की अर्को देश हो जसको बारेमा पनि मिडियामा चर्चा रहेको छ । केही दिन अघिमात्रै हमासका राजनीतिक मामिला प्रमुख इस्माइल हानियाले टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानसँग इस्तानबुलमा भेटेका थिए । उनीहरुबीच करिब ३ घण्टा संवाद भएको जनाइएको छ ।

कतारका विदेश मन्त्रायका प्रवक्ताले कतारले गाजामा गरिरहेको मध्यस्थताको समर्थन गर्ने टर्की पनि एक महत्वपूर्ण राष्ट भएको बताएका छन् ।  केही मिडिया रिपोर्टमा अल्जेरियाको पनि नाम लिने गरिएको छ । 

फ्रान्सेली अखबार ले मोंडेका अनुसार गाजा समस्या समाधानका लागि हमास नेतालाई अल्जेरिया पठाउने र गाजामा अरब शान्ति सेना पठाउने कुरा समेत चर्चा गरिएको थियो । यस बाहेक इरान, लेबनान, सिरिया र यमनको नाम पनि त्यसमा लिइएको छ ।

हमासको  नयाँ ठेगाना इरान हुन सम्भव छ ?

रिसर्चर हसम अबु हानियाका अनुसार हमासलाई अब कम मात्रै विकल्प रहेका छन् । 

‘टर्की एउटा देश हो जहाँको अवस्था तीव्र गतिमा बदलिइरहेको छ । त्यहाँ हमासको स्थायी बसोबासको लागि मुश्किल पर्न सक्छ । अल्जेरियाको अवस्था पनि उस्तै हो  । त्यसैले अब विकल्प रहेको भनेको इरान नै हो’ उनको भनाई छ ।

अरु विकल्प हमासको लागि किन पनि उपयुक्त छैन भने अमेरिका, युरोपेली संघ र इजरायलले उसलाई आतंककारी घोषणा गरेको अवस्था छ ।  त्यसैले जुन पायो त्यही देशमा बस्न अनुमति दिनका लागि पनि सम्बद्ध देशलाई अप्ठेरो पर्न सक्छ । 

हानियाका अनुसार अमेरिकाले हमासको कार्यालय कतारमा बन्द गराउन दबाब दिएमा उसको अनौपचारिक संवाद नै टुट्ने सम्भावना हुन्छ, त्यसैले ऊ सो कदम उठाउन तयार हुँदैन । यस अघि नै पनि हमासको इरान, यमन र लेबनानमा केही न केही उपस्थिति रहँदै आएको छ । बीबीसीमा आधारित 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय