site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालकुमारी घटनामा बढी दोषी मन्त्री नै !
SkywellSkywell

काठमाडौं। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन तयार पार्न गठित आयोगका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा बालकुमारी घटनामा बढी दोष मन्त्रीकै देखिएको छ । “घटनामा मन्त्रीकै कमजारी रहेको औंल्याइएको छ,” ती सदस्यले भने, “प्रतिवेदन पूर्णरुपमा गृह मन्त्रालयलाई बुझाएका छौँ । अब थप प्रक्रिया गृहले नै अघि बढाउला ।”

पुस १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शन क्षेत्रबाटै आएपछि भीडले आगजनी गरेको थियो ।

Dabur Nepal
NIC Asia

सो क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । मन्त्रीको सुरक्षामा खटिएका प्रहरीले त्यसबेला मन्त्रीलाई जानकारी गराउँदा पनि सोही बाटो अघि बढ्न निर्देशन दिएको जानकारी गराएका थिए ।

संसदीय समितिमा प्रहरी महानिरीक्षक उपस्थित भएर पनि मन्त्रीले अडान नलिएको भए उनको सवारी फरक बाटोबाट चलाइन सकिने बताएका थिए ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्वान्यवन गरिने बताएका थिए । पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। 

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार ‘मन्त्रिपरिषद्’ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। 

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ। 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu