site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफवाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जाने कृष्ण कँडेलको चेतावनी
कृष्ण कँडेलको फेसकुबाट ।
SkywellSkywell

काठमाडौं । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलले आफूले कुनै पनि प्रकारको शोषण नगरेको दाबी गरेका छन् ।

खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेसहितले आफूहरूलाई अपमानजनक रूपमा जागिरबाट निकालिएको गुनासो गरेपछि कँडेलले स्पष्टीकरण दिएका हुन् ।

KFC Island Ad
NIC Asia

"आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म सार्है दु:खित छु," फेसबुकमार्फत कँडेलले भनेका छन् ।

उनले आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी पनि गरेका छन् । उनले इन्द्रेणी सञ्चालनका विषयमा संस्थामा आबद्ध अन्य कलाकारसँग बुझ्न सकिने बताएका छन् ।

Royal Enfield Island Ad

कँडेलले आफूविरुद्ध लागेका झुटो आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

"इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय हाल पनि यस संस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरूसँग पनि प्रत्यक्ष बुझ्दा स्पष्ट हुने हुँदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ सञ्चार माध्यमहरूले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु," उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro