site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री र बालेनको स्केच बिक्री गर्दै सम्राट 
आफूले बनाएको तस्बिर देखाउँदै लिलिपुट स्कुलका छात्र सम्राट  दास ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगर–२ का सम्राट दास दुवै कान कम सुन्छन् । तर, पढाइमा तेज छन् । मनपर्ने विषय ‘म्याथ’ हो । यो सँगै चित्र पनि कोर्छन् । उनका चित्रका पात्र समाजका पपुलर व्यक्ति हुने गरेका छन् । 

उनी विराटनगरको लिलिपुट स्कुलमा कक्षा ५ मा पढ्छन् । बुधबार सरस्वती पूजाको दिन अरु साथीहरूभन्दा चाँडै विद्यालय पुगे । उनीहरूकै सहयोगमा आफूले कोरेका तस्बिर हार मिलाएर राखे । स्टल बनाए । अनि सबै तस्बिरमा मूल्यसूची राखे ।
 
सबैभन्दा अगाडि कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तस्बिर थियो । त्यो तस्बिरको मूल्य नौ सय रुपैयाँ तोकिएको थियो । त्यही लहरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को तस्बिर पनि थियो । ती तस्बिर उनले बिक्री गरे । यसबाट आएको पैसा आफ्नै लागि बचत गरी उपचारमा खर्च गर्ने योजना बनाएको बताए । उनीसँगै आमा कल्पना दास पनि थिइन् । साथीहरू पनि थिए ।
 
कल्पनाले भनिन्, “कोसीका मुख्यमन्त्रीज्यूले बालबालिकाको निःशुल्क उपचार गराउन सुरु गरेको समाचार उनले पढेका रहेछन् । एक दिन आफन्तको घरमा उहाँ आएको बेला भेटघाट पनि गरेका थिए । त्यही भएर उहाँको तस्बिर बनाउने योजना मलाइ सुनाएका थिए ।” पछि मुख्यमन्त्री कार्की र मेयर बालेनको तस्बिर घण्टौं मिहिनेत गरेर उनले बताएको कल्पनाले सुनाइन् । कार्कीले थालेको दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार र बालेनको शैक्षिक अभियानबाट  सम्राट प्रभावित बनेको कल्पनाको भनाइ छ । कार्कीले बालबालिकामैत्री परिसरका लागि भन्दै चौर मासेर सर्टर बनाउने विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने पनि घोषणा गरेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सम्राटले चित्रकारिताको औपचारिक अध्ययन गरेका छैनन् । युट्युब नै उनको गुरु हो । कल्पनाका अनुसार छोराले समाजमा राम्रो काम गर्ने उदाहरणीय व्यक्तिको सूची बनाएर स्केच कोर्ने गरेका छन् । यसबाहेक जीवन, प्रकृति, देवीदेवता र अन्य विषय झल्कले तस्बिर पनि बनाउँछन् । 

विद्यालयका प्राचार्य चिरञ्जीवी तिम्सिनाले सम्राटको क्षमता कदर गर्दै विद्यालय प्रशासनले तस्बिरहरू प्रदर्शनीमा राखिदिएको बताए । “उनमा भएको क्षमतालाई आम मानिससम्म परिचित गराउन हामीले सहयोगीको भूमिका खेलेका हौँ,” तिम्सिनाले भने ।

Royal Enfield Island Ad

सम्राटले विद्यालयबाट राम्रो सहयोग प्राप्त गरेको र शिक्षकहरूले समेत माया गर्ने गरेको सुनाए । उनले भने, “आज सरस्वती पूजाको दिन मैले बनाएको चित्र प्रदर्शनीमा राख्न सरहरूले नै सहयोग गर्नुभएको हो ।” सम्राटले बनाएका तस्बिर सरस्वती पूजा समारोहमा भाग लिन आएका अभिभावकहरूले खरिद गरिदिएका छन् । 

ऐच्छिक अंग्रेजीमा स्नातकोत्तर कल्पना पहिले शिक्षिका थिइन् । तर छोरा सम्राट फरक क्षमताको भएपछि उनकै लागि अहिले गृहिणी मात्र छिन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro