site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रिमियर लिग : यी हुन् आज हुने दुई खेल

काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)मा आज (बिहीबार) पनि दुई खेल हुँदै छन् ।

प्रतियोगितामा आज बिहान ९ बजेदेखि हुने खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । 

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा हुनेछ ।

आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

यसअघि सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाडौंको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौंले एकमा जित र एकमा हार व्यहोरेको छ ।  

काठमाडौंले पहिलो खेलमा चितवनसँग पाँच विकेटको हार व्यहोर्दा दोस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro