site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
‘क्यान इन्फोटेक २०२४’ सम्पन्न, प्रदेशस्तरीय प्रदर्शनीको तयारीमा महासंघ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘क्यान इन्फोटेक २०२४’ सकिएको छ । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले माघ २५ देखि २९ गतेसम्म इन्फोटेकको आयोजना गरेको थियो । सूचना तथा प्रविधि क्षेत्रको बृहत प्रदर्शनीका रूपमा रहेको क्यान इन्फोटेकको यो २९औँ संस्करण थियो ।

Can-info-(3)-1707811102.jpeg
 

इन्फोटेकमा सरकारी अधिकारी, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरू, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरू, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी एवं सूचना प्रविधि क्षेत्रका व्यक्तिले अवलोकन गरेका थिए ।

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । 

Global Ime bank

प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता रहेको थियो । यसअन्तर्गत प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

Can-info-(1)-1707811106.jpeg
 

राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सम्पन्न भएसँगै अब प्रदेशस्तरीय प्रदर्शनी हुने क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए । सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजनासहित तयारी तीव्र पारिएको उनले बताए । 

Can-info-(5)-1707811096.jpeg

Can-info-(4)-1707811096.jpeg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu