कला
काठमाडौं । निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्र ‘रुखान’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्र नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी चार भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रको कथा डाक्टर रुपक घिमिरेले लेखेका छन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । अर्जुन पोखरेलको संगीत रहनेछ ।
चलचित्रको सार्वजनिक फर्स्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक यवक पनि पोस्टरमा देखिन्छन् । फर्ष्टलुकमा ‘न्याय देऊ’ लेखिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १३:१९
प्रतिक्रिया दिनुहोस्