काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित चलचित्र ‘मेयर’मा अभिनेता अपर्ण थापा अनुबन्ध भएका छन् । निर्माण पक्षले अर्पणलाई सिनेमामा अनुबन्ध गराएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
चलचित्रको मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने यसअघि नै अनुबन्ध भइसकेका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् । चलचित्रको नायिका भने फाइनल हुन बाँकी नै रहेको निर्देशक खनालले बताए ।
थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । चलचित्र ‘मेयर’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दै छन् ।
निर्देशक खनालका अनुसार फागुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
थापाको राजनीनिक यात्राका बारेमा सिनेमा बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् ।