कला
काठमाडौं । लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’को घोषणा गरिएको छ । सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।
सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ ।
चलचित्र ‘सतीदेवी’मा बाबु र छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा सामाजिक प्रेमकथालाई उठाउने बताए ।
चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छाया देखाइएको छ । सामाजिक कथामा निर्माण हुने चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ ।
दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० ०८:५९
प्रतिक्रिया दिनुहोस्