site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेफ्री विमानस्थलबाट फिर्ताबारे एन्फाको जवाफ– अनुशासनका कारण नाम फिर्ता लिएका हौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुशासनका कारण फिफा सहायक रेफ्री राधिका शाक्यलाई यू–१९ महिला साफ च्याम्पियनसिप खेलाउने रेफ्रीबाट नाम फिर्ता लिएको बताएको छ ।

बंगलादेशमा फेब्रुअरी २ देखि हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि एन्फाले साफलाई नेपालको तर्फबाट दुई रेफ्री शाक्य र अञ्जना राईको नाम पठाएको थियो । तर, बुधबार प्रतियोगिताका लागि राई नेपाली टिमसँगै ढाका प्रस्थान गरे पनि शाक्य भने विमानस्थलबाट फर्किइन् । विमानस्थल पुग्दा आफ्नो नाम काटिएको जानकारी पाएपछि शाक्य फर्किन बाध्य भएकी थिइन् । 

एन्फाका प्रवक्ता सुरेश शाहले भने बिहीबार अनुशासनका कारण शाक्यको नाम फिर्ता लिएको बताए ।

“एन्फाले दुई रेफ्रीको नाम पठाएको थियो । त्यसमध्ये राधिका शाक्यको नाम फिर्ता लिएका हौँ । अनुशासनको कारण एन्फाले शाक्यको नाम फिर्ता लिएको हो,” प्रवक्ता शाहले बाह्रखरीसँग भने ।

तर, विमानस्थलबाटै फर्किएकी शाक्यले बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसँग जवाफ फर्काएका कारण आफ्नो नाम हटाइएको बताएकी थिइन् । 

“म बिदाइ कार्यक्रम समाप्त भइसक्यो भन्ने बुझेर तल बसेँ । तर, खेलाडीहरू भने फोटो खिच्दै थिए । कार्यक्रमपछि अध्यक्षज्यू तल आएर तँ नबोल् भन्नु भयो । मैले सरलाई त्यहाँ किन नबोल्ने भनेकी थिएँ । सायद त्यही कारण मेरो नाम काटिएको हुनसक्छ । तर, वास्तविक कारण के हो थाहा छैन,” बुधबार फिफा सहायक रेफ्री शाक्यले बाह्रखरीसँग भनेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro