site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेश जाने फिफा सहायक रेफ्री राधिका शाक्य विमानस्थलबाट फिर्ता 

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियन खेलाउन बंगलादेश जाने तयारीमा रहेकी फिफा सहायक रेफ्री राधिका शाक्यलाई विमानस्थलबाटै फर्काइएको छ ।

बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट अञ्जना राई र राधिका शाक्यलाई रेफ्रीका निम्ति ढाका जाने तय भएको थियो । प्रतियोगिताका लागि एन्फाले सोमबार नेपाली युवा टिमलाई बिदाइ गर्दा राई र शाक्यलाई पनि बिदाइ गरेको थियो । तर, त्यसको दुई दिनपछि बुधबार नेपाली टिम र रेफ्री राई बंगलादेश प्रस्थान गर्दा शाक्यलाई भने विमानस्थलबाटै फर्काइएको छ । 

“मेरो नाम क्यान्सिल भयो भन्ने थाहै थिएन । विमानस्थल पुगेपछि अञ्जना दिदीले तिम्रो नाम नै छैन भन्नु भएपछि म फर्किएँ,” फिफा सहायक रेफ्री शाक्यले बाह्रखरीसँग भनिन् ।

Dabur Nepal
NIC Asia

शाक्यले बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसँग सामान्य भनाभन जस्तो परिस्थिति बनेको भए पनि किन नाम हटाइयो भन्नेबारे जानकारी नभएको बताइन् ।

“किन एयरपोर्टबाट फर्काइयो भन्ने स्पष्ट कुरा थाहा छैन । सोमबार भएको विदाइ कार्यक्रमका क्रममा म एकछिन बाहिर निस्किएकी थिएँ । त्यसैले हुनसक्छ । त्यसबेला कार्यक्रमपछि अन्तिममा फोटोसुट चलिरहेको थियो,” शाक्यले थपिन्, “म कार्यक्रम समाप्त भइसक्यो भन्ने बुझेर तल बसेँ । तर, खेलाडीहरू भने फोटो खिच्दै थिए । कार्यक्रमपछि अध्यक्षज्यू तल आएर तँ नबोल् भन्नु भयो । मैले त्यहाँ किन नबोल्ने भनेकी थिएँ । सायद त्यही कारण हुनसक्छ । तर, वास्तविक कारण के हो थाहा छैन ।”

फेब्रुअरी २ देखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम आज बंगलादेश प्रस्थान गरेको छ । नेपाली टिमले बालगोपाल साहुखलको प्रशिक्षण र सारा महर्जनको कप्तानीमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगिताको यस संस्करणमा नेपालसँगै बंगलादेश, भारत र भुटान सहभागी छन् । सिंगल राउन्ड रोविन लिग पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् ।

नेपालले फेब्रुअरी २ मा घरेलु टिम बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल नेपालले फेब्रुअरी ४ मा भुटानविरुद्ध खेल्नेछ । 

नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ८ मा हुने तालिका छ ।

यसबारे एन्फा महासचिव किरण राईसँग जानकारी लिन खोज्दा उनी प्रवक्ताबाट बुझ्नु पर्ने भन्दै पन्छिए । एन्फा प्रवक्ता सुरेश शाहसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro