
काठमाडौंं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का एक प्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार बेंगलुरु प्रहरीले ११ जनाको मृत्यु हुने गरी मच्चिएको भागदौडबारे अनुसन्धान गर्न आरसीबीका एक प्रतिनिधि र इभेन्ट म्यानेजमेन्टका तीन जनालाई पक्राउ गरेको हो ।
बेंगलुरुले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो । जितपछि आरसीबीले गत बुधबार एक रंगशालमा विजय उत्सवको आयोजना गरेको थियो ।
उत्सव मनाउन हजारौँको संख्यामा समर्थक रंगशाला पुगेका थिए । रंगशाला प्रवेश गर्ने क्रममा पास नभएका समर्थकले गेटमा धकेलाधकेल गरेपछि भागदौड मच्चिएको हो ।
आरसीबीले मृतकका परिवारलाई जनही १० लाख भारू दिने घोषणा गरेको छ ।