site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘भारत रंग महोत्सव’मा मञ्चन गरिँदै नेपाली नाटक ‘क्लेशाः’
SkywellSkywell

काठमाडौं । ‘भारत रंग महोत्सव’मा योपटक नेपालबाट एउटा मात्र नाटक मञ्चन गरिँदै छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘क्लेशाः’ सो महोत्सवमा मञ्चन गर्न लागिएको हो ।

२३औँ भारत रंग महोत्समा आउँदो फेब्रुअरी १७ र १९ सम्म नाटक मञ्चन गरिने निर्देशक कार्कीले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

सन् २०२२ को भारत रंग महोत्सवका निम्ति ‘क्लेशाः’ छानिएको थियो । तर, कोरोनाका कारण त्यति बेला महोत्सव गरिएन । योपटक भारत रंग महोत्सव आयोजकबाट पुनः आमन्त्रण गरिएको उनले बताइन् ।

महोत्सवअन्तर्गत नयाँ दिल्ली र रामनगरमा गरी ‘क्लेशाः’को दुई मञ्चन गरिनेछ । करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय छ ।

यो वर्ष फेब्रुअरी १ देखि महोत्सव सुरु हुँदै छ । भारतको नाट्य प्रज्ञा–प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रूपमा महोत्सव आयोजना गर्दै आएको छ । यो विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu