site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
‘आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन’ हुँदै

काठमाडौं । नेपालमा ‘आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन’ हुने भएको छ । यही माघ २२ र २३ गते सम्मेलन गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेजले युवा वैज्ञानिक सम्मेलन आयोजना गर्न लागेका हुन् । कक्षा–८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले शोधकर्ताका रूपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ ।

युवा शोधकर्ताका निम्ति विभिन्न ६ विधा छुट्टाएको छ । इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

सम्मेलनमा विशेष गरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ । सम्मेलनमा सहभागी युवालाई विभिन्न उपाधि, प्रमाणपत्र र ६ वटै विधाका विजेतालाई पदक प्रदान गरिनेछ ।

Global Ime bank

प्रत्येक विधाका विजेताले १३औँ एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आवेदन दिन पाउनेछन् । विजेताले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खोज एवं अनुसन्धानमूलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu