site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस संसदीय बोर्डमा विश्वप्रकाश शर्माले राखे ६ बुँदे विमति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभाका उमेदवार चयनका लागि बसेको पार्टीको संसदीय बोर्डको बैठकमा ६ बुँदामा विमति जनाएका छन् ।

आइतबार रातिको बैठकमा महामन्त्री शर्माले आफू उमेदवार चयनको विषयलाई लिएर सभापतिको कार्यशैलीसँग प्रस्ट असहमत रहेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरिरहेको विषयमा पनि प्रश्न उठाएका थिए ।

राष्ट्रियसभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै भएकाले कांग्रेसले यस विषयमा हेक्का राख्न जरुरी रहेको उनको भनाइ छ ।

Global Ime bank

उनले समावेशिताको सिद्धान्त विधानमा मात्र नभएर व्यवहारमा पनि लागु गर्नुपर्ने बताए ।

नेतृत्वले फरक विचार समूहलाई छाडेर एक्लै हिँड्न नहुने तर फरक विचार समूहले पनि भाग मात्र नमागेर न्यायोचित प्रतिनिधित्व खोज्नुपर्ने उनको तर्क छ ।

"राष्ट्रियसभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रस्ट अस्वीकार्य l योगदान र योग्यता बोकेका सयौँ साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ," उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC