site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरिएको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरिएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

विभिन्न तहगत समिति, निकाय, भ्रातृसंगठन, पेसागत संघसंगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उनले बताए । यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट २०० सदस्यबराबर एक प्रतिनिधि हुने गरी निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।

उनले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुला र ३० प्रतिशत समावेशी प्रतिस्पर्धाबाट चयन गर्ने बताए । जसपाको राष्ट्रिय महाधिवेशन आउँदो जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro