site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साहना प्रधान स्मृति हक्की : आर्मीको विजयी सुरुआत 

काठमाडौं । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले जित निकालेको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको हो ।

धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले एक/एक गोल गरे । खेलको २१औँ मिनेटमा सीमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । डम्मराले ५०औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६औँ मिनेटमा टिमका निम्ति तेस्रो गोल गरिन् । जितसँगै आर्मीले तीन अंक जोड्यो ।

Dabur Nepal
NIC Asia

प्रतियोगिताअन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेल्यो ।

प्रतियोगितामा आर्मी, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro