site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सूर्यको अन्वेषण गर्ने भारतको मिसन चार महिनापछि गन्तव्यमा पुग्यो

काठमाडौं । भारतले सूर्यको अन्वेषणका लागि पठाएको मिसन प्रक्षेपण गरेको चार महिनापछि सूर्यको कक्षमा प्रवेश गरेको छ ।

भारतले गत सेप्टेम्बरमा सूर्यको बाहिरी तहको मापन र अवलोकन गर्ने उपकरणसहित आदित्य एल–१ मिसन प्रक्षेपण गरेको थियो ।

भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले सूर्य र पृथ्वीबीचको सम्बन्धबारे अनुसन्धान गर्ने आदित्य एल–१ गन्तव्यमा पुगेको बताएका छन् ।

यसअघि अमेरिका र युरोपेली अन्तरिक्ष एजेन्सीले सूर्यको अध्ययनका लागि अन्तरिक्षयानहरू पठाएका छन् । जापान र चीनले पनि सूर्यको अन्वेषण गर्ने मिसन पृथ्वीको कक्षमा सञ्चालन गरेका छन् ।

Global Ime bank

तर, सूर्यकै परिक्रमा गरी अन्वेषण गर्ने यान पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) एसियाकै पहिलो बनेको छ ।

पृथ्वीबाट १५ लाख किलोमिटरको दुरीमा रहेको यो यानले सूर्यको वायुमण्डलबाट प्लाज्मा र चुम्बकीय ऊर्जा निस्किने प्रक्रिया ‘कोरोनल मास इजेक्सन’बारे अध्ययन गर्ने बताइएको छ ।

द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu