site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सत्तारूढ सांसदको आरोप– निजी बैंक ‘सेटिङ’मा चले
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले निजी बैंकहरू ‘सेटिङ’मा चलेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले बिमासम्बन्धी संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । समिति बैठकमा बोलाउँदा पनि नेपाल धितोपत्र बोर्डका अध्यक्ष उपस्थित नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

“निजी बैंकहरू पनि एकदमै सेटिङमा चलेका छन् । बोर्डका अध्यक्ष किन आएनन् ? यसको जवाफ दिनुपर्छ,” उनले भने, “बिमा संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ ।”

बैठकमा सांसदहरूले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro