site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार हुन् : सांसद यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार भएको गम्भीर आरोप लगाए ।

धितोपत्र बोर्डका अध्यक्ष हाल रमेशकुमार हमाल छन् । तर, सांसद यादवले उनको नाम नलिईकन पद मात्र उल्लेख गरी आरोप लगाएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्षले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको उनले बताए । सेयर बजार अपराधीको कब्जामा रहेको उनको आरोप छ ।

“धितोपत्र बोर्डका अध्यक्षले अपराध गरेका छन् । उनले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएका छन्,” उनले भने, “आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन् । सेयर बजार अपराधीको कब्जामा छ ।”

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro