site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि, उत्कृष्ट १६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ ।

सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने छन् । तर, यसपटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन् । यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने छन् ।

शुक्रसँगै १४औँ वरीयताका टंकबहादुर राई, १५औँ वरीयताका बलभद्र राई र १६औँ वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन् ।

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहने छन् । १७औँ वरीयताका दीपक मगर, १८औँ वरीयताका तोरण विक्रम शाही, १९औँ वरीयताका प्रदीप कुमार लामा र २०औँ वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।

म्याच प्लेको ड्र अनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औँ वरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् । तेस्रो वरीयताका नीरज तामाङको सामना १९औँ वरीयताका प्रदीप कुमार लामाले गर्नेछन् । डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले १८औँ वरीयताका तोरण विक्रम शाहीसँग खेल्नेछन् । यस्तै १७औँ वरीयताका दीपक मगरले पाँचौँ वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौँ वरीयताका सञ्जय लामा र १३औँ वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुने छ । सातौँ वरीयताका रवि खड्काको सामना १३औँ वरीयताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौँ वरीयताका रामे मगर र ११औँ वरीयताका सूर्य प्रसाद शर्माबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ । यस्तै नवौँ वरीयताका धनबहादुर थापा र १०औँ वरीयताका भुवन कुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्ने छन् ।

पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । क्वाटरफाइनल खेलहरू बिहीबार हुने छन् । सेमिफाइनल शुक्रबार हुने छ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुने छ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ ।

खेलाडीहरूले कुल दुई लाख ५० हजार नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।

नेपाल पीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले  व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए । उनले भने, “सूर्य नेपाल प्रालिको सहयोग बिना यो टुर यहाँसम्म आउन सक्ने थिएन । नेपालमा गल्फ क्रमशः विकास भइरहेकोछ र भोलिदेखि सुरु हुने सूर्य नेपाल म्याच प्ले प्रतिस्पर्धात्मक हुनेछ भन्ने विश्वास लिएको छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro